कोभिड-१९ को महामारीका कारण प्रत्यक्ष रुपमा विद्यालयमा उपस्थित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न नसकिएको यस घडिमा हाम्रो विद्यालयले २०७७ साल असार १ गते देखि विद्यार्थीहरुको घर घरमा गई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरेको व्यहोरा सर्वविदितै छ । हामिले मिति २०७७ साल साउन १ पश्चात नर्सरी देखि कक्षा १२ सम्म प्राय सबै विद्यार्थीहरुलाई समेटि अनवरत रुपमा अनलाइन मार्फत भर्चुअल कक्षाहरु सञ्चालन गरिरहेकोमा प्राविधिक कारणले गर्दा मिति २०७७/०७/०१ देखि १५ गते सम्म विद्यालयका सबै गतिविधिहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै भर्चुअल कक्षा हरु मिति २०७७/०७/१६ देखि पहिलेकै समय तालिका बमोजिम हुने भएकोले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु तथा शिक्षक हरुले सोहि बमोजिम गर्नु गराउनुहुन अनुरोध छ ।
साथै यस विषम घडिमा आउदै गरेको विजया दशमी, दिपावली, छठ तथा भिन्तुनाको अवसरमा भौतिक दुरी कायम गरी हाम्रो चाड्पर्व मनाऔं र यस अवसरमा श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको तर्फ बाट सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति एवं अभिभावक शिक्षक संघका पदाधिकारी तथा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं । दुर्गा माताले कोभिड 19 संग लड्ने क्षमता सबैलाई प्रदान गरुन ।